नेपाली बजारमा सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले महँगीएको हो ।

आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *