भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रका १५ स्थानीय तह संकटग्रस्त घोषणा

Thankot Times

थानकोट ।

सरकारले भोटेकोशी-त्रिशूली बाढीप्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार १५ स्थानीय तहलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राजपत्रमा प्रकाशित गरिएको हो ।

‘नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी नेपाल–चीन सिमानास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण प्रभावित भएका देहायका जिल्लाका देहायका स्थानीय तहलाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ,’ राजपत्रमा भनिएको छ ।

संकटग्रस्त क्षेत्र घोषणा भएका रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ र तारेश्वर गाउँपालिका छन् ।

त्यस्तै, धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिका संकटग्रस्त घोषणा भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *