पारस खड्का लिजेण्ड लिग क्रिकेट खेल्दै, गुजरातको टोलीमा अनुबन्ध

Thankot Times

थानकोट।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् ।

उनलाई आउँदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि शुरु हुँदै छ ।

लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन ।

लिजेण्ड लिगमा ६ टिम बीच कुल २५ खेल खेलाइने बताइएको छ ।

तेस्रो सिजनका खेलहरु भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् ।

यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *