अन्तर वडा कप फुटसल प्रतियोगिता आयोजना गर्दै थानकोट जेसीज

Thankot Times

थानकोट ।

भदाै २१ र २२ गते थानकोट जेसीजको आयोजनामा अन्तर वडा कप फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका अन्तर्गतका सबै १५ वटै वडाका कम्तीमा एक टोलीले प्रतियोगितामा सहभागिता जनाउने थानकोट जेसीजले जनाएको छ।

४० वर्ष उमेर समुहसम्मका खेलाडीले सो प्रतियोगितामा भाग लिन पाउने प्रतियोगिता संयोजक विशाल शाहीले जानकारी दिए । चन्द्रागिरि नगरपालिकामा स्थायी रूपमा बसोबास गरिरहेका व्यक्ति मात्रै प्रतियोगिता खेल्न योग्य रहने बताइएको छ।

प्रतियोगितामा चन्द्रागिरि वडा नम्बर ४ बाट तीन वटासहित हालसम्म १८ वटा टोलीले सहभागिताको सुनिश्चितता गरिसकेका छन् ।

भदाै १८ गते टोली दर्ताको अन्तिम दिन तोकिएको प्रतियोगिताको टाइ सिट भने भदाै १९ गते सार्वजनिक गर्ने तयारी थानकोट जेसीजको छ ।

५ ए साइट फर्म्याटको प्रतियोगिताको विजेताले ७५ हजार रूपैयाँ, दोश्रो हुनेले ३५ हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ भने व्यक्तिगत विधातर्फ अब्बल हुने गोलरक्षक, उच्च गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीले जनही ५ हजार रूपैयाँ, ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।

प्रतियोगिता चन्द्रागिरि-०९ मच्छेगाउँस्थित मत्स्य रिक्रियशन सेन्टरमा हुने छ ।

प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालन हुन लागेको थानकोट जेसीजले जनाएको छ ।

थानकोट जेसीजमा हाल करिब ३२ जना सदस्य आबद्ध छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *