अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको उरुग्वेका फुटबलर स्वरेजको घोषणा
थानकोट ।
उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
३७ बर्षिय स्वरेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन् ।
स्वरेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन् ।
स्वरेज अहिलेसम्म उरुग्वेका लागि सर्वाधिक गोलकर्ता समेत हुन् ।
उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।
स्वरेजले १९ बर्षको उमेरमा २००७ मा उरुग्वेका लागि डेभ्यु गरेका थिए ।
उनले २०१०, २०१४, २०१८ र २०२२को विश्वकप समेत खेलेका थिए ।
हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका स्वरेजले क्लब फुटबललाई भने केहि वर्ष निरन्तरता दिने छन् ।














