टी-२० क्रिकेटमा मंगोलियाको कीर्तिमान, १० रनमै अलआउट
थानकोट ।
मंगोलिया आइसीसी टी-२० विश्वकप को एशिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ ।
बिहीबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मंगोलिया १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको हो।
मंगोलियाका पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले समान २-२ रन बनाएका थिए ।
अतिरिक्त २ रन पाएको मंगोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाएका थिए ।
मंगोलियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिएका थिए ।
जितका लागि ११ रनको लक्ष्य पाएको सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
टी-२० अन्तराष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ ।
यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन नै बनाएको थियो ।
टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिंगमा मंगोलियाले तीन पटक कम टोटल बनाएको छ ।
जुन यसै वर्ष बनाएको हो ।
मंगोलियाले यस अघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।














