तीजका अवसरमा चन्द्रागिरिका शिवालयहरू खचाखच
थानकोट ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाइरहेका छन् ।
देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।
चन्द्रागिरिका विभिन्न शिव मन्दिरहरूमा समेत व्रतालुहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ ।
रातिदेखि नै पानी पर्दा बिहान केही खाली देखिएका शिवालयहरू वर्षा रोकिएसँगै रातो पहिरन लगाएका महिलाहरूको भीडले राताम्मे देखिएका छन्।
चन्द्रागिरिका चन्दन भराटेश्वर, गोलोकेश्वर, मातुलेश्वर, मातेश्वर लगायतका शिव मन्दिरमा महिलाहरूको भीड लागेको छ।










