थानकोट जेसिज चन्द्रागिरि अन्तर वडा कप फुटसलको उपाधि छिनोफानो आज
थानकोट ।
थानकोट जेसिजको आयोजनामा चन्द्रागिरि-९ मच्छेगाउँस्थित मत्स्य क्रियशनमा जारी चन्द्रागिरि अन्तर वडा कप फुटसलको उपाधि छिनोफानो आज हुँदैछ ।
नगरका १५ मध्ये १४ वडाका २० टोलीले सहभागिता जनाएको प्रतियोगिताको पहिलो दिन हिजो शुक्रबार क्वाटरफाइनल चरणका खेलहरू सम्पन्न भएका थिए ।
सेमीफाइनलका दुवै तथा फाइनल खेल आज हुने तालिका रहेको थानकोट जेसीजले जनाएको छ ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा साँझ ५ बजे वडा नंं १५ र वडा नंं १० को ए टोलीबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ः३० बजे वडा नं. ४ को क टोली र वडा नंं ८ को ख टोली बीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल साँझ ६ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ७५ हजार, उप विजेताले ३५ हजार नगद पुरस्कारका साथै ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ठ गोलरक्षक, उच्च गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीले जनही ५ हजार, ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् ।
प्रवासमा रहेका नेपाली नागरिकहरूसमेतको आर्थिक सहयोगमा सो प्रतियोगिता सञ्चालनगरिएको थानकोट जेसीजले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रूपैयाँ लाग्ने अनुमान आयोजकको छ ।
प्रतियोगितामा चन्द्रागिरि वडा नं. १, २, ३, ६, ७, ९, १२, १३, १४ र १५ का समान १-१ टोलीले सहभागिता जनाएका थिए भने चन्द्रागिरि ८ र १० का समान २-२ टोली एवं चन्द्रागिरि वडा नं. ४ र ५ का समान ३-३ टोलीले प्रतिस्पर्धा गरेका थिए ।














