नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १३औँ साधारण सभा चन्द्रागिरिमा हुने
थानकोट ।
नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको तेह्रौ वार्षिक साधारण सभा यही भाद्र २८ गते शुक्रबार हुने भएको छ ।
थानकोट चेकपोष्टस्थित ग्रिनल्याड ब्यान्क्वेट एण्ड रेस्टुरेन्टमा आयोजना हुने सभामा उपस्थित हुन सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरिएको उपाध्यक्ष राजु सत्यालले बताए ।समितिका अध्यक्ष कृष्णप्रसाद पन्तको अध्यक्षतामा आयोजना हुने सभामा सचिव प्रदिप बस्नेतले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।वर्षभरि भएका कार्यक्रमहरुलाई उक्त सभामा प्रस्तुत गरिनेछ ।
सदस्यहरुले राय सुझाव पछि प्रतिवेदन प्रस्तुत गरिनेछ ।
सभाको उद्घाटन सत्रमा वर्षभरी दुर्घटना नगराउने चालकहरुलाई सम्मान गरिनेछ ।लाप्रथाद्धारा उत्कृष्ट ५ चालकहरुलाई नगदसहित सम्मान गरिने उपाध्यक्ष सत्यालले जानकारी दिए ।
सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत, सचिवको प्रतिवेदन प्रस्तुत, कोषाध्यक्षको प्रतिवेदन, विद्यान संशोधन लगायतका विषयमा छलफल हुनेछ । उक्त विषयहरु छलफल सहित पारित हुने सचिव प्रदिप बस्नेतले जानकारी दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर साधारण सभाको प्रमुख अतिथिका रूपमा निम्त्याइने पक्का भएको छ ।












