चन्द्रागिरि टी-१० क्रिकेट प्रतियोगिता असोज ९ गतेदेखि
थानकोट ।
चन्द्रागिरि क्रिकेट एशोसियसनको आयोजनामा असोज ९ गतेबाट टी-१० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
चन्द्रागिरि नगरपालिका-०६ स्थित मदन भण्डारी खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता १० ओभरको फर्म्याटमा खेलाइने चन्द्रागिरि क्रिकेट एशोसियनले जनाएको छ ।
चार दिने प्रतियोगिताको विजेताले ४० हजार रूपैयाँ, उपविजेताले २० हजार रूपैयाँ तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष पजिवन प्रधानले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल भने २० ओभरको खेलाइने बताइएको छ ।
प्रतियोगितामा सहभागिताका लागि असोज ५ गतेसम्म टोली दर्ता गर्नुपर्नेछ, जसका लागि १० हजार रूपैयाँ तोकिएको छ ।















