साफ यू-१७ च्याम्पियनसिप: नेपाल र पाकिस्तानबीच खेल जारी
थानकोट ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष यु १७ च्याम्पियनसिपअन्तर्गत पाकिस्तान र नेपालबीच अहिले खेल भइरहेको छ।
प्रशिक्षक सनोज श्रेष्ठले कप्तान सुवास बमसहित अग्रपंक्तिको जिम्मा सुजन डंगोल र विज्ञान खड्कालाई दिएका छन् । २३ खेलाडीसहित भुटान पुगेको नेपालले पाकिस्तानविरुद्ध आज पहिलो खेलिरहेकाे छ ।
पाकिस्तानविरुद्ध रक्षकमा एकराज वि.के, प्रशान्त मोक्तान, भुवन कामी र निशान्त लावत छन् । त्यसैगरी मिडफिल्डमा जोन विष्ट, पवन पाख्रिन र कृष्णबहादुर आले रहेका छन् । गोलकिपरमा पेम्बा नोर्बु भोटे छन् ।
खेल थिम्पुमा रहेको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार दिउसो पौने २ बजेबाट जारी छ ।
खेलकाे पहिलो हाफमा दुवै टाेलीले गाेलरहित बराबरी खेलेका छन् ।
पाकिस्तानविरुद्ध खेल्ने नेपाली टिमः
गोलकिपरः पेम्बा नोर्बु भोटे
रक्षकः एकराज वि.के, प्रशान्त मोक्तान, भुवन कामी, निशान्त लावत
मिडफिल्डरः जोन विष्ट, पवन पाख्रिन, कृष्णबहादुर आले
स्टरइकरः सुवास बम (कप्तान), सुजन डंगोल, विज्ञान खड्का














