साफ यु-१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

Thankot Times

थानकोट ।

साफ यु-१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।

पाकिस्तानको जितमा खेलको ८२औं मोहम्मद थलहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले आउने सोमबार श्रीलंकासंग खेल्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *