सुनको मूल्यमा नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *