चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीप प्रतियोगिता स्थगित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ गुमालचोकीस्थित मदन भण्डारी खेल मैदानमा जारी प्रथम चन्द्रागिरि टी-१० क्रिकेट च्याम्पियनसीप प्रतियोगिता स्थगित गरिएको छ ।

निरन्तरको वर्षाका कारण खेल हुन नसक्ने भएपछि प्रतियोगिता स्थगित गरिएको चन्द्रागिरि क्रिकेट एशोसियसनले जनाएको छ ।

अचानक माैसम परिवर्तन भई भारी वर्षाका कारण खेल मैदानको स्तर घटेको हुनाले तेस्रो दिनको र सो पछिका खेलहरू अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको आयोजक संस्थाद्धारा जारी सूचनामा भनिएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार लिग चरणका तीनसहित चार खेल हुने तालिका थियो भने आज शनिबारका लागि एउटा सेमीफाइनल र फाइनल खेल हुने तालिका निर्धारण गरिएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *