बाढी पहिरोले चन्द्रागिरिमा २ जनासहित काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु
थानकोट ।
काठमाडौं उपत्यका तीन जिल्लामा मात्रै बाढी र पहिरोबाट २१ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यका प्रहरीका कार्यालयको शनिवार दिउँसो सवा १ बजेसम्मको जानकारी अनुसार मृतकको संख्या २१ पुगेको हो ।
जसअनुसार काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै पाँच जना बेपत्ता रहेका छन् ।
देशको राजधानीमै सुरक्षा निकायले राहत र उद्धारमा कठिनाई बेहोरेको देखिएको छ । कतिपय ठाँउमा समयमा उद्धार गर्न नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
चन्द्रागिरि २ मसिनेमा पहिराेले घर पुर्दा २ जनाकाे मृत्यु भएको छ।










