दोश्रो चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः यी हुन सेमीफाइनलमा पुग्ने चार टोली
थानकोट ।
नैकापमा जारी चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।
आइतबार सम्पन्न क्वाटरफाइनल खेलहरूमा विजयी हुँदै चन्द्रागिरि वडा नं. १५ तीनथाना, चन्द्रागिरि वडा नं. १३ पुरानो नैकाप, चन्द्रागिरि वडा नं. ५ महादेवस्थान किसिपिडी र चन्द्रागिरि वडा नंं ४ थानकोट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका हुन् ।
सेमीफाइनलमा स्थान सुरक्षित गर्ने क्रममा चन्द्रागिरि वडा नं. १५ ले पेनाल्टी सुटआउटमा चन्द्रागिरि वडा नंं ८ लाई ३-२ ले पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको निर्णय सडेन डेथमा गरिएको थियो ।
यस्तै चन्द्रागिरि ७ माथि ३-० को जित निकाल्दै चन्द्रागिरि १३ पनि सेमीफाइनलमा प्रवेश गरेका छ ।
चन्द्रागिरि वडा नं. ५ ले चन्द्रागिरि वडा नं. १० माथि २-१ को जित निकाल्यो ।
साबिक विजेता चन्द्रागिरि ४ ले चन्द्रागिरि १४ माथि १-० को संघर्षपूर्ण जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्यो ।
सेमीफाइनल खेल भोलि मंगलबार हुनेछन् । जहाँ चन्द्रागिरि ४ ले चन्द्रागिरि ५ को सामना गर्नेछ ।
यो खेल दिनको १ बजे सुरु हुनेछ । यसैगरी दोश्रो सेमीफाइललमा चन्द्रागिरि १३ ले चन्द्रागिरि १५ सँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल बुधबार दिउँसो १ बजे हुते तालिका रहेको छ ।
प्रतियोगिताका विजेताले २ लाख २५ हजार, ट्रफी र मेडल पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेताले १ लाख १० हजार रूपैयाँ, ट्रफी र मेडल पाउनेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेलाडी, गोलरक्षक, गोलकर्ता, प्रशिक्षकले जनही १० हजा रूपैयाँ प्राप्त गर्ने जनाइएको छ । यसैगरी प्रतियोगिताको अनुशासित टोलीले १० हजार रूपैयाँ पाउनेछ ।














