दोश्रो चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः आज दुवै सेमीफाइनल खेल हुने
थानकोट ।
नैकापमा जारी चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता अन्तर्गत आज दुवै सेमीफाइनल हुने तालिका रहेको छ ।
आइतबार सम्पन्न क्वाटरफाइनल खेलहरूमा विजयी हुँदै चन्द्रागिरि वडा नं. १५ तीनथाना, चन्द्रागिरि वडा नं. १३ पुरानो नैकाप, चन्द्रागिरि वडा नं. ५ महादेवस्थान किसिपिडी र चन्द्रागिरि वडा नंं ४ थानकोट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका थिए ।
आज हुने पहिलो सेमीफाइनल खेलमा चन्द्रागिरि ४ थानकोट ले चन्द्रागिरि ५ महादेवस्थान, किसिपिडीको सामना गर्नेछ ।
यो खेल दिनको १ बजे सुरु हुनेछ ।
यसैगरी दोश्रो सेमीफाइललमा चन्द्रागिरि १३ पुरानो नैकापले चन्द्रागिरि १५ तीनथानासँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल पर्सी बिहीबार दिउँसो १ बजे हुते तालिका रहेको छ ।
प्रतियोगिताका विजेताले २ लाख २५ हजार, ट्रफी र मेडल पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेताले १ लाख १० हजार रूपैयाँ, ट्रफी र मेडल पाउनेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेलाडी, गोलरक्षक, गोलकर्ता, प्रशिक्षकले जनही १० हजा रूपैयाँ प्राप्त गर्ने जनाइएको छ । यसैगरी प्रतियोगिताको अनुशासित टोलीले १० हजार रूपैयाँ पाउनेछ ।














