भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन
थानकोट ।
प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ ।
उनी पछिल्लो २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए ।
उनी सोमबारदेखि भारतको मुम्बईको अस्पतालमा उपचाररत थिए ।
उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।
उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।
टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए ।














