बडादशैंको फूलपातीलाई नगरको पहिचान बनाउने चन्द्रागिरि वडा नं. १ का वडाध्यक्षको प्रतिबद्धता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकका वडाध्यक्ष हरिश्याम रानामगरले बडा दशैंको फूलपातीलाई नगरको पहिचान बनाउन प्रयास भइरहेको धारणा राखेका छन् ।

बिहीबार इन्द्रस्थानस्थित कोतघरमा थानकोटका गुठीयारहरूलाई फूलपाती हस्तान्तर गर्ने क्रममा वडाध्यक्ष रानामगरले सो कुरा बताएका हुन् ।

बडा दशैंको फूलपातीका दिन वर्षेनी थानकोटका गुठीयारहरूलाई दहचोकका गुठीयारहरूले फूलपाती हस्तान्तरण गर्ने परम्परा छ ।

तिथि घटबढका कारण थानकोटमा पहिलोपल्ट उज्यालोमा भित्र्याइयो फूलपाती

गोरखाबाट हनुमान ढोका ल्याइने फूलपाती दहचोकस्थित कोतमा समेत ल्याइने गरिएको स्मरण गर्दै वडाध्यक्ष रानामगरले फूलपातीलाई चन्द्रागिरि नगर र नागर्जुन नगरको पहिचान बनाउन नागार्जुन नगरका जनप्रतिनिधिहरूसँग समेत छलफल भइरहेको उनको भनाइ छ ।

थानकोट गुठीलालाई फूलपाती हस्तान्तरण गर्ने क्रममा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन मगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, नगरप्रवक्ता तथा वडाध्यक्ष कृष्णप्रसाद खड्गी, हरिश्याम रानामगर, घनश्याम लुइँटेल, श्रीकृष्ण खत्री, संजय सिग्देल लगायत नगर सभा सदस्यहरु तथा स्थानीय बासिन्दाहरुकाे बाक्लो उपस्थिति रहेको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *