अभ्यास खेलमा अमेरिका ‘ए’ सँग नेपाल ४ विकेटले पराजित

Thankot Times

थानकोट ।

अमेरिका ए विरुद्धको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

घरेलु टोलीले टस जितर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको नेपालले खराव प्रदर्शन गर्दै २५ ओभर २ बलमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो ।

ब्याटिङमा निकै खराब प्रदर्शन गरेको नेपालका लागी कुशल मल्लले १८ रन, देव खनालले १२ र कप्तान रोहित पौडेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अमेरिका एका लागी आरिन सुशील नाडकणरी ले ४ विकेट लिए ।

जवाफमा ८२ रनको सामान्य लक्ष्य घरेलु टोलीले २३ ओभर १ बलमा ६ विकेट गुकमाएर पुरा गर्यो । नेपालका लागी सन्दीप लामिछानेले ४ विकेट लिएपनि जित दिलाउन सकेनन् । यसअघि अमेरिकासाग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो ।

अब नेपालले कार्तिक ९ बाट १९ गतेसम्म अमेरिकामै हुने आईसीसी विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने छ । यस सिरिजमा घरेलु टोली अमेरिका सहति नेपाल र स्कटल्यान्ड सामेल छन् ।

सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासाग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ । ग्राान्ड प्रेरि स्टेडियममा सबै खेल नेपाली समयअनुसार राति सवा बजे सुरु हुने छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *