किक बक्सिङ वर्ल्ड च्याम्पियनसीपमा चन्द्रागिरिका घिमिरेले फ्रान्सका खेलाडीसँग प्रतिस्पर्धा गर्दै
थानकोट ।
जापानको नोगोया सहरमा हुन लागेको आईएसकेए किक् बक्सिङ वर्ल्ड च्याम्पियनमा नेपालको प्रतिनिधित्व गर्दै अविरल घिमिरे (हिमालयन चित्ता) खेल्ने भएका छन् ।
आगामी अक्टोबर २६ मा नोगोया कंग्रेस सेन्टरमा दिनको ३ बजेदेखि हुन गइरहेको उक्त वर्ल्ड च्याम्पियनसिप टाइटलमा उनले फ्रान्सका एन्टोनिन मार्कोनीसँग प्रतिस्पर्धा गर्ने भएका हुन् ।
चन्द्रागिरि नगरपालिका गुर्जुधाराका घिमिरेले हालसम्म २२ वटा के-वान किक् बक्सिङ खेलिसकेका छन् ।
जसमध्ये उनले १६ वटा खेल जितेका छन्, १५ वटा नकआउट हान्दै विश्वमा नेपाल र नेपाली नाम उच्च राख्न सफल भएका छन् । उनले यसअघि आईएसकेए किक् बक्सिङ वर्ल्ड च्याम्पियनका लागि थाइल्याण्डको टाइगर मुवाथाई क्याम्पमा बसेर अभ्यास पूरा गरिसकेका छन् ।
अविरल खेल क्षेत्रमा छोटो समयमा इतिहास रच्ने पहिलो खेलाडी पनि हुन् । उनी हिट किक् बक्सिङका लगातार चौथो बेल्ट होल्डरसमेत हुन् ।











