साफ महिला च्याम्पियनसिपः आज बंगलादेश र भारतबीच खेल हुँदै
थानकोट ।
काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिपमा आज भारत र बंगलादेशबीच खेल हुँदैछ ।
आजको खेलको नतिजाप्रति समूह ‘ए’मा पाकिस्तानको पनि चासो रहनेछ ।
भारतले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको थियो । बंगलादेश भने पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरीमा रोकिएको थियो । यसकारण एक अंक जोडेको पाकिस्तानले पनि सेमिफाइनल पुग्ने झिनो आशा बोकेको छ ।
आजको खेलमा भारतले बंगलादेशलाई ३-० को अन्तरले पराजित गरे साबिक विजेतालाई पछि पार्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह ‘ए’ मा तीन अंक जोडेको भारत शीर्ष स्थानमा छ ।
समान एक अंक जोडेको बंगलादेश र पाकिस्तान भने क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।











