चन्द्रागिरिमा पाँच वटा ‘नगर गाैरव आयोजना’, कार्यान्वयका लागि ३ करोड ७५ लाख बजेट छुट्याइयो
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१-८२मा कार्यान्वयन हुने गरी विभिन्न वडामा पाँच वटा नगर गाैरव आयोजना सञ्चालन गर्ने भएको छ । ती आयोजनाहरूका लागि प्रति आयोजना ७५ लाख रूपैयाँका दरले बजेट विनियोजन भएको छ ।
चन्द्रागिरि नगरपालिकाले आन्तरिक स्रोत व्यवस्थापन र नेपाल सरकार समानिकरण अनुदानबाट कार्यान्वय हुने गरी ती आयोजना सञ्चालन गर्न लागेको हो।
चन्द्रागिरि नगरका गाैरवका आयोजनामा चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित इन्द्रस्थान मन्दिर परिसर सुधार, वडा नं. १४ स्थित नैकाप फुटबल मैदान परिसर सुधार, वडा नं. ६ स्थित मातातिर्थ मन्दिर क्षेत्र परिसर सुधार रहेका छन् ।
यसैगरी चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्र परिसर सुधार र चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्र परिसर सुधार आयोजना रहेका छन् ।
चन्द्रागिरि नगरपालिका १ दहचोकस्थित इन्द्रस्थान मन्दिर परिसर सुधार आयोजना नेपाल सरकार समानिकरण अनुदानबाट कार्यान्वय हुनेछ भने अन्य चारवटा आयोजना चन्द्रागिरि नगरपालिका आन्तरिक स्रोत व्यवस्थापनबाट कार्यान्वय हुने बताइएको छ ।

















