एएफसी यु-१७ एसियन कप छनोटः नेपालले आज कतारको सामना गर्दै
थानकोट ।
कतारमा जारी एएफसी १७ वर्षमुनिको एसिया कप छनोटमा नेपालले आज घरेलु टोलीको कतारको सामना गर्दैछ ।
यो खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार खेल राति साढे ८ बजे सुरु हुनेछ। यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल जापानसँग ९-२ गोल अन्तरले पराजित भयो।
कतारले पहिलो खेलमा मंगोलियालाई पराजित गरेको थियो ।
समूह एफमा रहेको नेपाल अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।
यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ।
समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्।











