सुनको मूल्यमा नयाँ कीर्तिमान
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १४ सय बढेर एक लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँ बढेर दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत शुक्रकार चाँदी दुई हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।














