वाणस्थली सिमचाैरमा कार्तिक १३ र १४ गते झिलीमिली हाट बजार संचालन हुने

Thankot Times

थानकोट ।

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि चन्द्रागिरि नगरपालिका ०७ ले हाट बजार सञ्चालन गर्ने भएको छ ।

कार्तिक १२ र १३ गते वाणस्थली सिमचाैरमा सो बजार सञ्चालन हुनेछ जसलाई  झिलीमिली हाट बजार नाम दिइएको छ ।

सो बजारमा चन्द्रागिरि नगरपालिका ७ भित्र रहेका विभिन्न समूह, संघसंस्था तथा व्यवसायीहरूद्वारा उत्पादित आफ्ना उत्पादन (सम्बन्धित निकायबाट बिक्री वितरण गर्न अनुमति पाएका वस्तु तथा सेवा) बिक्री वितरण गर्न पाइने बताइएको छ ।

बजार बिहान ८ देखी साँझ ६ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

नजिकिँदै गरेको तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्वका लागि स्थानीय स्तरमै सरसामान खरिदबिक्रीका लागि सो हाट बजार व्यवहारोपगी हुने अपेक्षा गरिएको चन्द्रागिरि नगरपालिका वडा नंं ७ का कार्यवाहक वडाध्यक्ष उमा कुमारी थापाको भनाइ छ ।

सो बजारमा सरसामान बिक्री गर्न चाहने वडाबासीले कार्तिक १२ गतेभित्र वडा कार्यालयमा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

त वर्षपनि चन्द्रागिरि वडा नं. ७ र ६ को संयोजनमा थानकोट चेकपोष्ट क्षेत्रमा झिलीमिली हाट बजार सञ्चालन भएको थियो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *