आधा केजी पहेंलो धातुसहित नागढुङ्गाबाट समातिए २३ वर्षीय एलिस

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ५ सय २ ग्राम सहित एक जना पक्राउ परेका छन् ।

कैलाली टिकापुर नगरपालिका-४ घर बताउने २३ वर्षीय एलिस ढकाललाई बुधबार बिहान प्रहरीले सो धातुसहित पक्राउ गरेको हो ।

नेपालगञ्जदेखि काठमाडौंतर्फ आउँदै गरेको लु. प्र.०३-००१ ख ००९९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ढकाललाई उक्त धातु सहित फेला पारी पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *