देशका केही भू-भागमा आज शनिबार वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज शनिबार वर्षाको सम्भावना रहेको छ ।

देशभर पश्चिमी वायु र पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

तराई भू–भागका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ ।

विभागले दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *