चन्द्रागिरि साकाेसकाे अध्यक्ष पदमा एक जनाकाे उम्मेदवारी, अन्य पदमा कति परे दाबेदारी ?

Thankot Times

थानकोट ।

१९ हजार ७ सय ५६ जना मतदाता भएकाे चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा नयाँ सञ्चालक समिति चयनका लागि निर्वाचन कार्यक्रम जारी छ ।

मंसिर ६ देखि सुरु भएको कार्यक्रम मंसिर १५ गतेसम्म जारी रहने बताइएको छ।

निर्वाचन कार्यतालिका अनुसार संस्थाले आइतबार उम्मेदवारहरुकाे अन्तिम नामावली प्रकाशन गरेको छ ।

प्रकाशित नामावली अनुसार संस्थाको अध्यक्ष पदमा शिवशंकर मानन्धरको एकल उम्मेदवारी परेकाे छ ।

यस्तै, उपाध्यक्ष, सचिव, सहसचिव, काेषाध्यक्ष पदमा पनि एकल उम्मेदवारी परेकाे चन्द्रागिरि साकाेस निर्वाचन उपसमिति संयाेजक केशव बहादुर थापाले जानकारी दिए ।

चन्द्रागिरि साकोसले मुख्य कार्यालय चन्द्रागिरि नगरपालिका-०७ महादेवस्थान लगायत अन्य विभिन्न चार स्थानमा रहेका सदस्य सेवा केन्द्रबाट सदस्यहरूमा सेवा प्रवाह गर्दै आएको छ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा नयाँ सञ्चालक समितिकाे निर्वाचनका लागि प्रकाशित उम्मेदवारकाे अन्तिम नामावली हेराैं:

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *