काठमाडाैंमा आज बिहान अचाक्ली चिसो, तापक्रम २ डिग्रीमा झर्‍यो

Thankot Times

थानकोट ।

काठमाडौँको तापक्रम आज यस वर्षकै न्यून बिन्दुमा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८:४५ बजे काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो ।

यसअघि, काठमाडौँमा शुक्रवार ३.१ डिग्री सेल्सियस र बिहीबार ३.९ डिग्री सेल्सियस तापक्रम थियो । पछिल्लो समय काठमाडौँसहित देशभर तापक्रम घट्ने क्रम जारी छ ।

जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस रहेको छ ।  बिहान ९ बजे पोखरामा ५.६ डिग्री सेल्सियस रहँदा जनकपुरको न्यूनतम तापक्रम भने ८.६ डिग्री सेल्सियस रहेको छ ।

तस्बिर: प्रकाश गाेपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *