नेपाल टेलिकमको सिमबाटै भिडिओ कल गर्न मिल्ने

Thankot Times

थानकोट ।

नेपाल टेलिकममा कुनै सामाजिक सञ्जालबिनै भिडिओ कल गर्न सकिने भएको छ।

अहिले यो सुविधा परीक्षणको रूपमा रहेको टेलिकमले जनाएको छ।

‘भ्वाइस ओभर एलटिई (भिओएलटिई) चल्ने मोबाइल फोनहरूमा यो सुविधा प्रयोग गर्न सकिन्छ,’ टेलिकमका सह- प्रवक्ता नविन कुमार मिश्रले भने, ‘अहिले यो परीक्षणकै क्रममा छ।’

केही वर्षदेखि यो सेवा परीक्षणमा भए पनि अहिले यसको प्रयोग बढ्न थालेको उनले बताए।

किनभने यसको लागि फोरजी चल्ने मोबाइल आवश्यक हुन्छ। पछिल्लो समय फोरजी चलाउनेको संख्या बढेको छ।

‘अहिलेका धेरैजसो मोबाइल सेटमा फोरजी चल्छ,’ मिश्रले भने, ‘भडिओ कल गर्ने दुवै पक्षको मोबाइल फोरजी चल्ने हुनुपर्छ।’

प्रयोगकर्ताले पहिले आफ्नो मोबाइलबाट *४४४# डायल गरेर भिओएलटिई सेवा लिनुपर्छ। त्यसपछि मोबाइल सेटको सेटिङमा गएर भिओएलटिई एक्टिभेट गर्नुपर्छ।

भिओएलटिई सेवा एक्टिभेट भए नभएको कुरा मोबाइल स्क्रिनको माथि एचडी/भिओएलटिई लेखेको देखिनेछ।

यो सेवा प्रयोग गर्न मिल्ने भए/नभएको बुझ्न *१११# डायल गर्नुपर्छ। यदि यो डायलपछि मोबाइलमा ‘इरर’ देखायो भने यो सेवा सो मोबाइल सेटमा नचल्ने रहेछ भनेर बुझ्नुपर्छ।

Ncell

तर, डायल भयो भने यो सेवा सुरू भएको हुन्छ।

यो सेवा चल्न थालेपछि फोन गर्दा पहिलेभन्दा आवाजको गुणस्तर समेत बढेको हुनेछ। त्यस्तै, फोन गर्दा नै क्यामराको अप्सनमा गएर समेत अन्य फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमा जसरी नै भिडिओ कल गर्न मिल्छ।

यसका लागि डेटा प्याक आवश्यक पर्दैन।

डेटा प्याक नलिएर यस्तो भिडिओ कल गर्दा एक जिबी बराबर पर्ने रकम प्रयोगकर्ताको मोबाइल ब्यालेन्सबाट काटिने मिश्रले बताए।

हाल नेपाल टेलिकमको विभिन्न डेटा प्याक अनुसार एक जिबीको १६ रूपैयाँदेखि २९ रूपैयाँसम्म पर्ने गरेको छ।

एक जिबी डेटाको महँगो पर्ने प्याक भने खर्च नहुँदासम्म धेरै दिन चलाउन पाइन्छ। अहिले टेलिकमले एक दिनदेखि २८ दिनसम्मको लागि एक जिबीदेखि १२ जिबीसम्म डेटा प्याकेजमा दिइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *