नागढुङ्गा नाकाबाट समातिए मंगले
थानकोट ।
प्रहरीले लागूऔषधसहित चन्द्रागिरि नगरबाट एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट ४२ वर्षीय मंगले तामाङलाई ४ किलो ३ सय ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा जाँच गर्दा तामाङलाई गाँजासहित पक्राउ गरेका हुन्।
उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ।












