गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्वयनका लागि चन्द्रागिरि नगरपालिका छनोट
थानकोट ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चन्द्रागिरि नगरसहित ४५ स्थानीय तहमा यस वर्ष गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्वयन गर्ने भएको छ ।
गत आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बागमती प्रदेशभित्र स्थायी बसोबास गर्ने गृहिणी महिलाहरूको सशक्तीकरणका लागि सो कार्यक्रम सञ्चालन हुने बताइएको छ । यस कार्य्रकमका लागि सम्बन्धित स्थानीय तहका लागि मन्त्रालयबाट बजेट पाउनेछन् ।
गृहिणी महिला सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० बमोजिम गठित निर्देशक समितिको २०८१ पाैष ८ गतेको निर्णय बमोजिम चन्द्रागिरि नगर कार्यक्रमका लागि छनोट भएको हो ।

ललितपुर जिल्लाको बागमती गाउँपालिका छनोट भएको छ । स्थानीय तहका लागि मन्त्रालयबाट १७ लाख ६० हजार अनुदान प्राप्त हुने छ स्थानीय तहको साझेदारी कार्यक्रम कार्यान्वयन हुनेछ !!

















