कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

Thankot Times

थानकोट ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।

उनले विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत प्राप्त गरेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्‌मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको छ ।

यसअघि उनको नेतृत्वमा २७ वैशाख २०८१ मा कोशी प्रदेश मन्त्रिपरिषद् गठन भएको थियो ।

हाल प्रदेशसभामा नेकपा (एमाले)का ४० र नेकपाका १७ सांसद छन् ।

९२ सदस्यीय प्रदेशसभाको बहुमत ४७ भन्दा बढी हो ।

मतविभाजनमा ८३ जना सांसद सहभागी भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *