पेट्रोलको भाउ लिटरमा २ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँ बढ्यो
थानकोट ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।
त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको हो ।















