नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी
थानकोट ।
आज शुक्रबार नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँ कायम छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रुपैयाँमा खरिद-बिक्री भएको थियो ।
आज शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघको भनाइ छ ।














