सुनको मूल्य प्रति तोला १ हजार ९ सय रुपैयाँ बढ्यो
थानकोट ।
आज बुधबार नेपाली स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँ बढेको हो ।
अघिल्लो कारोबार दिन हिजो मंगलबार प्रति तोला एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको सुनको मूल्य यस दिन १ हजार ९ सय रुपैयाँ वृद्धि हुँदै एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको हो ।
बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ ।
मंगलबार एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ वृद्धि भएर बुधबार एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार हो ।














