सुनको भाउ बढ्यो
थानकोट ।
कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (बिहीबार) को तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार १ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
हिजो बिहीबार तोलामा १ हजार ८ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।














