सुनचाँदीको मूल्यमा गिरावट
थानकोट ।
सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ ।
सोमबार बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा खरिद-बिक्री भएको थियो ।
आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।














