सुनको मूल्य स्थिर, चाँदीको घट्यो
थानकोट ।
नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो चार दिन सुनको मूल्य प्रति तोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम छ ।
महासंघका अनुसार गत बिहीबार तोलामा १ लाख ६० हजार ५ सय कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि समान निर्धारण भएर कारोबार भइरहेको हो ।
महासंघले चाँदीको मूल्य भने घटेको जनाएको छ ।
आइतबार तोलामा १ हजार ९ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको हो । यस आधारमा चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको छ ।














