सुनको मूल्य उकालो लाग्ने क्रम जारी
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।














