गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै नागार्जुन नगरका मेयर बस्नेतविरूद्ध मुद्दा दर्ता
थानकोट ।
नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा मेयर बस्नेतविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
उनकाअनुसार मेयर बस्नेतले पदमा रहँदा आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ।
उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनाको आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
मेयर बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। भ्रष्टाचार मुद्दा लागेपछि उनी निलम्बनमा छन्।














