यी हुन् माओवादी केन्द्रका प्रदेश इन्चार्ज र सहइन्चार्ज, अन्जना विशंखे बागमतीको सहइन्चार्ज
थानकोट ।
नेकपा माओवादी केन्द्रले प्रदेशका इन्चार्जहरुको टुंगो लगाएको छ ।
प्रदेशमा सहइन्चार्ज पनि तोकेको माओवादी केन्द्रले आइतबार मातहतका कमिटीमा पठाएको सर्कुलरमा उल्लेख छ ।
जसअनुसार कोशी प्रदेशमा हरिबोल गजुरेल इन्चार्ज रहँदा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागाई र सुरेशकुमार राई सहइन्चार्ज बनेका छन् ।
यसैगरी मधेश प्रदेशमा मातृकाप्रसाद यादव इन्चार्ज र विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान सहइन्चार्ज रहेका छन् ।
यसैगरी बागमती प्रदेशमा हितमान शाक्य इन्चार्ज र सहइञ्चार्जहरुमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल सहइन्चार्ज हुँदा गण्डकी प्रदेशमा दीनानाथ शर्मा इन्चार्ज हुँदा सहइन्चार्जमा हरिराज अधिकारी चयन भएका छन् ।
स्तै लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल इन्चार्ज र कुलप्रसाद केसी सहइन्चार्ज चयन हुँदा कर्णाली प्रदेशमा कालीबहादुर मल्ल इन्चार्ज र टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही सहइन्चार्ज बनेका छन् ।
यसैगरी सदुरपश्चिम प्रदेशमा गिरिराजमणि पोखरेल इन्चार्ज चयन हुँदा खगराज भट्ट र विना मगर सहइन्चार्ज बनेका छन् ।
अन्य प्रदेशमा को–को इन्चार्ज र सहइन्चार्ज ?














