सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घट्यो
थानकोट ।
नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।
अघिल्लो कारोबार दिन (मंगलबार) तोलाको एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार भने तोलामा २ हजार ७ सय रुपैयाँ घटेको हो ।
आज प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँमा सुन कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेको छ ।
हिजो तोलाको एक हजार ९ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ यसदिन प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको हो ।














