विद्रोह गर्छु भन्नेहरूलाई थानकोट कटाउनुपर्ने हुनसक्छ, तयार रहनुस् : प्रधानमन्त्री ओली

Thankot Times

थानकोट ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै अराजकता मच्याउन खोज्नेहरूलाई साँगा कटाउनको लागि आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन्।

निजामती कर्मचारी संगठनको १२ महाधिवेशन उद्घाटन गर्दै लोकतन्त्रको रक्षको लागि आन्दोलन गर्नुपर्ने हुनसक्ने बताए।

उनले भने, ‘अहिले अनेक देशको नाम लिएर यहाँ विद्रोह गर्छौँ भन्नेहरू निस्किएका छन्। यदि तिनीहरूले नेपालमा अराजकता मच्याउन खोजे भने सामाजिक शान्ति सुव्यवस्था बिगार्न खोजे भने देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्याउन खाजेभने त्यस्ताहरूलाई काठमाडौँबाट साँगा र थानकोट कटाउनको लागि आन्दोलन गर्नुपर्ने हुनसक्छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *