आज नेपाली बजारमा सुनचाँदीकाे भाउ कति पुग्याे ?

Thankot Times

थानकोट ।

आज बिहीबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ।

अघिल्लो दिन (बुधबार) काे तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको हो ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

हिजाे बुधबार तोलामा १ हजार ९ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघकाे भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ