सुनको भाउ बढ्यो, चाँदीको भाउ स्थिर
थानकोट ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७ यस रुपैयाँ वृद्धि भएको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
चाँदीको भाउ मंगलबार स्थिर छ ।
सोमबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ ।














