नर्सिङ लाइसेन्स परीक्षामा ५६ प्रतिशत उत्तीर्ण
थानकोट ।
नेपाल नर्सिङ परिषद्ले नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित गरेको छ।
परिषदले निकालेको नतिजा अनुसार प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ र बीएस्सी नर्सको ३८ औँ लाइसेन्स परीक्षामा ५६.०१ प्रतिशत उत्तीर्ण भएका छन्।
परीक्षाका लागि पीसीएलतर्फ कुल १ हजार ९७४ जनाले फारम भरे पनि १९ जना अनुपस्थिति थिए।
परीक्षामा सहभागी १ हजार ९५५ जनामध्ये १ हजार १८१ जना (५९.८३ प्रतिशत) उत्तीर्ण भएका छन्।
यस्तै बीएस्सी नर्सतर्फ कुल २५१ जनाले परीक्षाका लागि फारम भरे पनि शनिबार परीक्षाका बेला ७ जना अनुपस्थित थिए। बीएस्सीतर्फ कुल २४४ जनाले परीक्षा दिएकोमा १३१ जना (५२.१९ प्रतिशत) उत्तीर्ण भएका छन्।












