चन्द्रागिरिमा साताैं अपेन बाल सांस्कृतिक उत्सव सम्पन्न

Thankot Times

थानकोट ।

मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन अपेनको आयोजनामा आइतबार (असोज ०४ गते) बाल सांस्कृतिक उत्सव सम्पन्न भएको छ ।

कार्यक्रमका दाैरान सहभागी विद्यालयमा अध्ययनरत ३ देखी ६ वर्ष उमेर समुहका विद्यार्थीहरूबीच विविध नृत्य, अभियन लगायतका प्रस्तुति दिएका थिए ।

चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित ड्रिम ब्याङ्केटमा आयोजित कार्यक्रममा अपेनसँग आबद्ध १८ विद्यालयका करिब ३४० जना बालबालिकाले सहभागिता जनाएको अपेन चन्द्रागिरि नगर कमिटि अध्यक्ष रितु शर्मा पाैडेलले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै अपेन केन्द्रीय कमिटि अध्यक्ष कृष्ण बोहोराले समान सेवा दिने संस्थाहरूको सामुहिकताका लागि अपेनको अवधारणा अघि बढाइएको धारणा राखे । अपेन आयोजना गर्ने अतिरिक्त क्रियाकलापहरूको गुणस्तर वर्षेनी स्तरोन्नति भइरहेको भन्दै अध्यक्ष बोहोराले चन्द्रागिरि नगरका अपेन आबद्ध संस्थाहरूले सामुहिक रूपमा विद्यालय सञ्चालनका लागि समेत सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धि प्रसाद भट्टले शैक्षिक संस्थाहरूले केन्द्र, प्रदेश र स्थानीय तहले समय समयमा जारी गर्ने परिपत्र अक्षरस पालना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमले पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच विविध खेल सिकाइ तथा अन्य समकक्षी विद्यार्थीहरूसँग आपसी भाइचारा स्थापित गर्न सहयोग गरेको अपेन चन्द्रागिरि नगर कमिटि सचिव संगिता सापकोटाको भनाइ छ ।

२०८१ सालमा चन्द्रागिरि नगरमा विस्तार भएको सो संस्थाको चन्द्रागिरि कमिटिमा हाल विभिन्न १८ विद्यालयले सदस्यता लिएका छन् ।

यससँग सम्बन्धित तस्बिर हेराैंः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *