नेपाल समाजवादी पार्टीमा ९ जना केन्द्रीय सदस्यमा मनोनित, ज्वाँईलाई पनि केन्द्रीय सदस्य पद

Thankot Times

थानकोट ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा ९ जना केन्द्रीय सदस्य थपिएका छन् ।

आइतबार अध्यक्ष डा. बाबुराम भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।

केन्द्रीय सदस्यको १० प्रतिशत मानोनित गर्ने विधानको व्यवस्था बमोजिम अध्यक्ष डा. भट्टराईले ९ जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट निर्वाचित भइसकेका छन् । 

मनोनीत हुने केन्द्रीय सदस्यहरूमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धनबहादुर गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी रहेका छन् ।

सदस्यमा मनोनीत हुने जेकेन्द्र अध्यक्ष डा. भट्टराईका ज्वाँई हुन् ।

भट्टराईकी छोरी मानुषी भने यसअघि नै उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *